नेता जोशीको अवस्था फेरि गम्भीर

admin

काठमाडौं, २५ फागुन : नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । मस्तिष्काघात भइ गएको फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना भएका जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उनको रक्तचाप सामान्य छ भने प्रति मिनेट उनी आफैँले आठ/दश पटक सास फेरिरहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए ।

मस्तिष्काघात हुँदा रक्तश्राव भइ उनको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मंगलबार उनको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताए ।

प्रतिक्रिया