कांग्रेस नेता जोशीलाई फेरि भेन्टिलेटरमा सारियो

admin

काठमाडौं : मष्तिष्कघातपछि अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता था पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीलाई फेरि भेन्टिलेटरमा सारिएको छ। फागुन १३ गते मस्तिष्कघात भएपछि जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको थियो।

शल्यक्रियापछि पनि अस्पतालमा राखिएका नेता जोशीको अवस्था बिग्रिँदै गएपछि फेरि भेन्टिलेटरमा राखिएको उपचारमा संलग्‍न चिकित्सक वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिए। यसअघि उनको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुँदै गएको बताएका चिकित्सकले शनिबारदेखि उनलाई गाह्रो हुन थालेको बताएका थिए।

गत शनिबार उनलाई सहज हुन थालेपछि श्वासप्रश्वासका लागि भेन्टिलेटरको सहायता कम गरिएको थियो। तर, फेरि गाह्रो हुन थालेपछि भेन्टिलेटरमा सारिएको डा. झाले बताएका छन्। यसअघि उनले हातखुट्टा चलाउने गरेकोसमेत बताइएको थियो। उनको टाउकोमा जमेको पानी र रगत फाल्न फागुन १४ गते शल्यक्रिया गरिएको थियो।

प्रतिक्रिया