जसपाको संसदीय दलको बैठक शुक्रबार

admin

काठमाडौं : जनता समाजवादी पार्टीको संसदीय दलको बैठक भोलि बस्ने भएको छ। बिहीबार बसेको जसपा पदाधिकारी बैठकले संसदीय दलको नेता चयन गर्न शुक्रबार दिउँसो १ बजे बैठक बस्ने निर्णय गरेको हो। शुक्रबारको बैठकमा संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल पनि हुनेछ।

राजपा र समाजवादी पार्टी नेपालबीच एकीकरण भएको लामो समय भइसक्दासमेत संसदीय दलको नेता चुनिएको छैन।

संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईकाअनुसार पार्टीको समायोजन तथा आगामी कार्ययोजनाबारे आवश्यक निर्णय गर्न कार्यकारिणी समितिको बैठक आगामी बुधबार (चैत ५ गते) बस्नेछ। सामाजिक सञ्जालमाफर्त भट्टराईले आफ्नो पार्टीका आधारभूत मान्यताबारे सबै राजनीतिक दलहरूसँग उच्चतहमा संवाद गर्ने र वर्तमान राजनीतिक संकटको अग्रगामी निकास दिने बताएका छन्।

प्रतिक्रिया