आज घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, २८ फागुन : शुक्रबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो । यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया