आज चार सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १ चैत : हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । सुन आइतबार तोलामा चार सय रुपैयाँले बढेर ८६ हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । (अस्ति) शुक्रबार सुनको मूल्य तोलामा ८६ हजार २ सय रुपैयाँ थियो ।

यस्तै तेजाबी सुन प्रतितोला ८६ हजार एक सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी आइतबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी मूल्य शुक्रबार जस्तै तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २८ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया