विदेश : नेपालीमा कोरोना संक्रमण दर घट्यो

admin

काठमाडौं, १ चैत : विदेशमा कार्यरत नेपालीहरूमा कोरोना संक्रमण दर घटेको छ । पछिल्लो केही सातादेखि विदेशमा रहेका नेपालीमा कोरोना संक्रमण दर घटेको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए ।

यस्तै विदेशमा कोरोनाबाट ज्यान गुमाउने दर पनि घटेको छ । गएको साता एक जना नेपालीको पनि कोरोनाबाट विदेशमा ज्यान गएको छैन । गएको साता स्विडेन, स्पेन, केन्या, यूएईमा रहेका केही नेपालीमा संक्रमण देखिएको छ ।

अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको कोरोनाबाट ज्यान गएको छ भने ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६१ हजार २ सय ३७ जना कोरोना निको भइसकेका छन् ।

प्रतिक्रिया