आज नेप्से ५१ अङ्कले घट्यो

admin

काठमाडौं, १ चैत : शेयर बजार परिसूचक ‘नेप्से’ ओरालो लाग्ने क्रम रोकिएको छैन । अघिल्लो हप्ताभरि नै घटेको नेप्से यो हप्ताको पहिलो दिन पनि ५१ अङ्कभन्दा धेरैले घटेको छ । अघिल्लो आइतबार २४ सय ९१ विन्दुमा रहेको नेप्से आइतबार २४ सय सात विन्दुमा झरेको छ । होटल र जलविद्युतबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ५१ दशमलव २३ अङ्कले घटेर २४ सय सात दशमलव दुई पाँच विन्दुमा झरेको हो ।

आइतबार बैंकिङ समूहको शेयर ३२ अङ्कले, व्यापार समूहको दुई सय १३ अङ्कले, विकास बैंकको ३९, फाइनान्सको झण्डै १९, निर्जीवन बीमाको तीन सय ७४, जीवन बीमाको चार सय ५३, उत्पादन र अन्य समूहको ९६, माइक्रो फाइनान्सको ९० र व्यापार समूहको शेयर साढे दुई अङ्कले घटेको छ ।

दुई सय ११ कम्पनीका ९९ लाख तीन हजार कित्ता शेयर चार अर्ब ९५ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको ४४ करोड ५६ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

हिमालयन पावर कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, माथिल्लो तामाकोशी, पञ्चकन्या माई, घलेम्दी र रैराङ जलविद्युत् कम्पनीको शेयर झण्डै १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया