७ महिनामा पाँच खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

admin

काठमाण्डाै : चालु आर्थिक वर्षको पहिलो सात महिनामा पाँच खर्ब ६७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म पाँच खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गएकाे वर्षको सात महिनाको तुलनामा १० दशमलव नौ प्रतिशतले धेरै हो ।

यस्तै अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ७ प्रतिशतले बढेर चार अर्ब ८१ करोड पुगेको छ । सात महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ७५ दशमलव नौ प्रतिशतले घटेको छ ।

यस्तै वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ६७ दशमलव ४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया