स्थिर रहेको सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो कारोबार कतिमा ?

admin

काठमाडौं, ४ चैत्र : बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको छ । मंगलबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी चाँदीको मूल्य भने बुधबार १० रुपैयाँ घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य तोलामा १२८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया