एमालेको संसदीय दलको बैठक सम्पन्न, नेपाल पक्षका सांसदलाई चेतावनी

admin

काठमाडौं, ५ चैत्र : नेकपा एमालेको संसदीय दलको बैठक सम्पन्न भएको छ । बैठकले विधान संशोधनको लागि कमिटी गठन गरेको छ । पार्टीको विधानमा केही विषय संशोधन गर्नुपर्ने भएकाले तीन सदस्यीय समिति गठन गरिएको सांसद शान्ता चौधरीले जानकारी दिइन् ।

कमिटीमा मुख्य सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र विमला राई रहेका छन् । यस्तै बैठकले संसदीय दलको बोर्ड गठन गर्ने पनि निर्णय गरेको छ । २४ सदस्यीय बोर्डमा माधवकुमार नेपाल र झलनाथ खनालको नाम पनि राखिएको सांसद चौधरीले बताइन् ।

बिहीबारको बैठकमा माधव-झलनाथ समूहका केही सांसद अनुपस्थित रहेका थिए । बिहीबार अनुपस्थित हुने सांसदलाई सचेत गराइएको र आउँदा बैठकमा सहभागी नभएमा कारबाहीको प्रक्रिया अघि बढाइने पनि एक सांसदले जानकारी दिएका छन् ।

प्रतिक्रिया