फागुनमा मात्रै ९ हजार बढीले लिए अन्तिम श्रम स्वीकृति

admin

काठमाडौं, ६ चैत : गएको महिना ९ हजार बढी नेपाली श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार फागुनमा ८ सय ३० महिलासहित ९ हजार १ सय ४६ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

रोजगारीको लागि सबैभन्दा बढी कतारमा ४ हजार ७४ जना र यूएई जानको लागि एक हजार ४ सय ८५ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । यस्तै एक हजार ४ सय २४ जनाले साउदी अरब रोजेका छन् ।

नेपालको तराईंका जिल्लाबाट वैदेशिक रोजगारीमा धेरै जाने गरेको पाइएको छ । यस पटक पनि सिरहाबाट ६ सय ९२ जना, धनुषाबाट ६ सय ३४ र झापाबाट ४ सय २२ जनाले वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

प्रतिक्रिया