थप १४५ जनामा संक्रमण पुष्टि, एकको ज्यान गयो

admin

काठमाडौं, ११ चैत : बुधबार एक सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३९ सय ६३ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७६ हजार तीन सय ८९ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ९० जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७२ हजार एक सय ८७ पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट एक जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार २० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा ११ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया