मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)

admin

काठमाडौं, १५ चैत : काठमाडौंवासीका लागि सपना बनेको मेलम्चीको पानी विपनामा परिणत भएको छ । आइतबार काठमाडौंको महाँकालचौरस्थित पुरानो पानीपोखरीबाट उपभोक्ताको घरका धारामा पानी खसालेर एउटा बहुप्रतिक्षित योजनाको परिणाम जनताका बीचमा पुर्‍याइएको हो ।

उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का कार्यकारी निर्देशक मिलन शाक्य, खानेपानी मन्त्रालयका पदाधिकारी र मेलम्ची खानेपानी आयोजनाका पदाधिकारीले पानी वितरणको शुभारम्भ गर्नुभएको हो ।

हाल पुराना पानीपोखरीहरुमा सिन्धुपाल्चोकको मेलम्चीबाट ल्याइएको पानी भरेर पुरानै पाइपलाइन र धाराहरुमा पानी दिने र नयाँ पाइपलाइन परीक्षण गरी पानी थप गर्दै लैजाने केयूकेएलले जनाएको छ ।

मेलम्चीको पानी उपभोक्ताको धारामा झर्‍यो (यस्तो छ पानी वितरण तालिका)
पहिलो चरणमा चार करोड लिटर पानी महाँकालचौर, अनामनगर, मीनभवन र खुमलटारस्थित पोखरीहरुमा जम्मा हुने जनाइएको छ ।

आइतबारदेखि देवकोटा सडक, बत्तिसपुलली, जयवागेश्वरी, चाबहिल, कुटुबहाल, सिफल, कालोपुल, एयरपोटहाइट, धनवन्तरीमार्गलगायत क्षेत्रका धाराहरुमा पानी वितरण गरिएको केयूकेएलले जनाएको छ । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आजभन्दा तीस वर्ष पहिले देखेको मेलम्ची सपना यथार्थमा पूरा हुन तीन दक लागेको हो ।

मुलुकमा बहुदलीय व्यवस्था पनर्स्थापित भएपछि प्रधानमन्त्री बन्नुभएका भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्ने बताउँदा हँसिमजाकको विषय बनेको थियो ।
हेर्नुस् पानी वितरण तालिकाः

प्रतिक्रिया