आज सुनको मूल्य बढ्यो, चाँदी घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १६ चैत : सोमबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मूल्य तोलामा ८६ हजार ५ सय रुपैयाँ तोकिएको छ । आइतबार फागु पर्वको अवसरमा सार्वजनिक बिदा दिइएकाले सुनको मूल्य निर्धारण गरिएको थिएन ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा खरिदबिक्रि भएको छ । सोमबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँमा घटेको छ । सोमबार चाँदी तोलामा १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया