काठमाडौं : पहिलो चरणमा जुन कम्पनीको कोरोनाविरुद्धको खोप लगाएको हो दोस्रो चरणको डोजको मात्रा पनि सोही कम्पनीको लगाउन मन्त्रालयले आग्रह गरेको छ। कोरोना संक्रमणबारे दैनिक प्रसारण हुने मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यसबारे जानकारी दिए।
हाल नेपालमा भारतबाट ल्याइएको कोभिसिल्ड कम्पनीको खोपको पहिलो चरण सकिएको छ। मन्त्रालयले जनाएअनुसार पहिला जुन खोप लगाइएको हो।
बाँकी डोज पनि सोही कम्पनीको लगाउनुपर्नेछ। भर्खरै मात्र नेपालमा चीनबाट पनि ‘सेरोभेल’ कम्पनीको खोप ल्याएको छ। आजबाट उक्त कम्पनीको खोप काठमाडौं उपत्यकाका १४ भन्दा बढी स्थानबाट उक्त खोप दिइने प्राडा जागेश्वर गौतमले जानकारी दिए।
चीनबाट प्राप्त यस सेरोभेल खोप १८ देखि ५९ वर्षसम्मकाले लगाउन मिल्ने गौतमले बनाए। ६० वर्षमाथिकालाई यो खोपको डोज नदिन मन्त्रालयले आग्रह पनि गरेको छ। साथै गर्भवती तथा धेरै ज्वरो आएकाले समेत यो खोप लगाउन नमिल्ने मन्त्रालयले जनाएको छ