किन गुमाउने भए पारस खड्काले त्रिकोणात्मक टी-२० शृङ्खला ?

admin

काठमाडौं, ३ बैशाख : नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकोणात्मक टी-२० शृङ्खला गुमाउने भएका छन् । गएको आइतबार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातको काँधमा चोट लागेर घाइते भएका पारसले (भोलि) शनिबार देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिता गुमाउने भएका हुन् ।

प्रतियोगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुईरतीन आराम गर्नुपर्ने देखिएको बताएका छन् । आफूले प्रतियोगिता गुमाए पनि नेपाली टोली राम्रो रहेको र जित्ने उनले विश्वास व्यक्त गराएका छन् । कीर्तिपुर मैदानमा बैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रतिक्रिया