सुरु नै नभइ अन्त्य लुम्बिनी प्रदेशको विशेष अधिवेशन

admin

रुपन्देही, १९ बैशाख : (आज) आइतबार बोलाइएको लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सुरु नै नभइ अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि यसबारे छलफल गर्न विशेष अधिवेशन बोलाइएको थियो । अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अधिवेशनको औचित्य नभएको भन्दै बैठक नै नबसी विशेष अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन अन्त्य भएको पत्र पठाएपछि संसद् सचिवालयले सूचना टाँसेर अन्त्य भएको जनाएको हो । आइतबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन बोलाइएको थियो । आइतबारको बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेस गर्ने कार्यसूची थियो । तर बैठकअघि नै पोखरेलले राजीनामा दिएका थिए ।

पोखरेलको राजीनामा स्वीकृत भएलगत्तै एमालेले लुम्बिनीमा फेरि पोखरेलकै नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको छ । प्रदेश संसदीय दलको बिहान बसेको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा एकल बहुमतीय सरकार बनाउने निर्णय गरेको एमाले रुपन्देहीका इञ्चार्ज दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया