पुनः मुख्यमन्त्रीमा नियुक्त भए शङ्कर पोखरेल

admin

काठमाडौं, १९ बैशाख : नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले शङ्कर पोखरेललाई संविधानको धारा १६८​ को उपधारा (१) बमोजिम प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । मुख्यमन्त्री पोखरेलले आइतबार बिहान मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

 

प्रतिक्रिया