अब रहेनन् न्याय परिषद् सदस्य निराला

admin

काठमाडौं, २१ बैशाख : कोरोना भाइरसको संक्रमित भएका न्याय परिषद् सदस्य लक्ष्मीबहादुर निराला खड्काको ज्यान गएको छ । मंगलबार बिहान निरालाको उपचारका क्रममा सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा ज्यान गएको हो ।

कोरोना संक्रमण देखिएर स्वास्थ्यमा समस्या भएपछि उनी गएको बैशाख १० गते अस्पतालमा भर्ना भएका थिए । खड्का २०७६ पुसमा न्याय परिषद् सदस्यमा नियुक्त भएका थिए भने तत्कालीन राजा ज्ञानेन्द्र शाहको पालामा उनी महान्यायाधीवक्ता भएका थिए ।

प्रतिक्रिया