प्रधानमन्त्री ओलीलाई सङ्केत गर्दै झाँक्रीको स्टाटस : सत्यानाश हुनबाट जोगिनु छ भने किनारा खोज

admin

काठमाडौं, २२ बैशाख : नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले दम्भ, अहङ्कार र जिद्दी त्याग्न आग्रह गरेकी छिन् । सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले यदि सत्यानाश हुनबाट र डुब्नबाट जोगिनु छ भने बेलैमा बुद्धि पुर्‍याउन आग्रह गरेकी हुन् ।

उनले आफूमात्रै नडुब्ने र डुब्नै परे सबैलाई लिएर डुब्नेसमेत बताएकी छिन् । उनले भनेकी छिन्, हामी त डुब्छौ नै। हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ। यदी तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज। विचार गर, दम्भ, अहङ्कार र जिद्दी छोड । हिन्दीमा एउटा कहावत छ: हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे… अगर डुब्नें से बच्ना है तो किनारा ढुढों।

प्रतिक्रिया