कीर्तिमानी आराेही कामिरिता शेर्पाद्वारा २५ औँ पटक सगरमाथा आराेहण

admin

काठमाडौं, २४ बैशाख : कीर्तिमानी आरोही कामिरिता शेर्पाले २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ ।

शुक्रवार (आज) बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उहाँसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् ।  

प्रतिक्रिया