मदन-जीवराजको नाममा राजनीति बन्द गरौं : डा. भट्टराई

admin

काठमाडौं, ३ जेठ : जनता समाजवादी पार्टी (जसपा)का संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मदन भण्डारी र जीवराज आश्रितको नाममा राजनीति बन्द गर्न बताएका छन् । मदन-आश्रितको नाममा स्वार्थको राजनीति भइरहेकाले त्यो नगर्न सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले सुझाएका हुन् । पूर्वप्रधानमन्त्री भट्टराईले ‘रहस्यमय’ दासढुंगा घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन् ।

‘मदनपत्नी राष्ट्रपति र मदनको उत्तराधिकारी दाबी गर्ने प्रम भएको बेला उच्चस्तरीय निष्पक्ष छानबिन गरेर त्यो रहस्यको अन्तिम निक्र्यौल गरौँ’, उनले लेखेका छन्, ‘नत्र वहाँहरूको नाउँमा स्वार्थको रोटी सेक्न छोडौँ।’ मदन-आश्रितको २०५० जेठ ३ गते दासढुंगामा रहस्यमय जिब दुर्घटनामा ज्यान गएको थियो । आश्रितको जिबमै श’व भेटिएको थियो भने भण्डारीको लाश तीन दिनपछि नारायणी नदी किनारमा भेटिएको थियो ।

प्रतिक्रिया