प्रधानमन्त्री ओली र शिक्षामन्त्री श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी

admin

काठमाडौं, ६ जेठ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । कांग्रेस संसदीय दलले निर्वाचन आयोगमा बिहीबार उजुरी दर्ता गराएको हो ।

आचारसंहिता विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई नै विजय गराउन मतदातालाई अपिल गरेर चुनावमा प्रभाव पार्नु स्वच्छ, निष्पक्ष र मर्यादित चुनावको आधारभूत सिद्धान्त विपरीत भएको उजुरीमा भनिएको छ ।

प्रतिक्रिया