आज सुनचाँदीकै मूल्य घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ७ जेठ : शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । बिहीबार तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार तोलामा चार सय रुपैयाँ घटेको हो । सुनको मूल्य शुक्रबार तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कामय भएको छ । यस्तै शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया