काग कराउँदै गर्छ पिना सुक्दै गर्छ, सबै मिलेर चुनावको अभियानमा लागौं : नेता बस्नेत

admin

काठमाडौं, ८ जेठ : एमालेका नेता एवं सांसद महेश बस्नेतले राजनीतिक निकाश दिन नसकेका कारण संसद विघटन गरिएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत् विघटित संसदलाई ‘थारो गाई’को संज्ञा दिएका हुन् ।

‘निकाश दिन नसक्ने, वैकल्पिक सरकार दिन नसक्ने, कानुन बनाउन नसक्ने, सदन थारो गाइ जस्तै भएको थियो । यसको विकल्प नयाँ जनमतबाट बन्ने नयाँ सदननै हो । यो रहँदासम्म दलहरुको बीचमा अन्तरबिरोध बढ्ने, आपसी द्वन्द बढ्ने, अनेक विकृति र विसंगती बढ्ने अवस्था रहिरहने स्थिति थियो,’ नेता बस्नेतले भनेका छन्, ‘सरकरले गत पुस ५ गते गरिएको संसद विगठन सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले अन्य विकल्पको खोजी गर्ने म्यान्डेट दिएकोले संविधानको धारा ६७ का सबै अभ्यास गरियो ।’

धारा ७६ (५)को पछिल्लो अभ्यास त झन उदेकलाग्दो देखिएको टिप्पणी गर्दै उनले पार्टी फोर्ने, विधिपद्धति उलघ्ंन गर्ने, गराउने, सत्ता लिप्साको लागि किर्ते हस्ताक्षर गराउनेजस्ता अपराधिक हर्कत समेत देखिएको बताएका छन् ।

उनले भनेका छन्, ‘यो परिवेषमा सरकरले संसद विगठन गरी कात्तिक २६ र मंसिर ३ मा गर्ने चुनावमा लाग्नु हामी सबैको कर्तव्य हो । केही जनमत गुमेका, जनतामा नगएका र आगामी निर्वाचनमा हरिने डर भएका, अनि बौद्धिक खेति गरेर जीविकोपार्जन गरिरहेका र डलर खेती गर्नेहरुले यस्को विरोध गरिरनेछन् ।’

‘महादेवले सतिदेवीको लास बोकेर हिँडेको जस्तो विगटित संसद बोकेर हिँडिरहने छ्न्,’ उनले भनेका छन्, ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ । कुकुर भुक्दै छ हात्ती लम्कँदै गर्छ । सबैजना मिलेर निर्वाचनको अभियनमा लगौं ।’

प्रतिक्रिया