संसद विघटनको विरोधमा नेविसंघले निकाल्यो मसाल जुलुस

admin

काठमाडौँ, ८ जेठ :असंवैधानिक तवरले प्रतिनिधिसभा विघटन गरेको भन्दै नेपाली कांग्रेसको भातृसंगठन नेविसंघले काठमाडौंमा मसाल जुलुस निकालेको छ ।


नेविसंघ केन्द्रीय समितिको निर्देशनमा नेविसंघ कोटेश्वर क्याम्पस इकाइले काठमाडौंको जडिबुटीमा मसाल जुलुस निकालेको हो । संविधान विपरित नै प्रधानमन्त्री र राष्ट्रपतिले जबरजस्त रुपमा संसद विघटन गरेको उनीहरुको आरोप छ ।

उनीहरुले निकालेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । नेविसंघ केन्द्रीय समितिको निर्देशनमा बिभिन्न क्याम्पस अगाडि शनिबार साँझ मसाल जुलुस निकालेको थियो ।

प्रतिक्रिया