कुर्सी जोगाउन र कसैलाई खुशी पार्न नागरिकता अध्यादेश : विप्लव

admin

काठमाडौं, १० जेठ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नागरिकतासम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ। महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि सत्ता संकट टार्न ल्याइएको भन्दै फिर्ता लिन माग गरेका हुन्।

‘हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु उसको जन्मसिद्ध अधिकार हो र त्यो सुविधा पाउनुपर्छ भन्ने हाम्रो धारणा छ’, विज्ञप्तिमा लेखिएको छ, ‘नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुन्छ।

त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ।’

प्रतिक्रिया