नागरिकतासँग पद साटेर देश सिध्याउने पक्षमा छैनाै र गर्न दिदैनाै: सांसद चौधरी

admin

काठमाडौं, १० जेठ : नेकपा (एमाले) नेता तथा सांसद लक्ष्मी चौधरीले कारबाहीको डण्डा देखाएर आफ्नो अपमान नगर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएकी छन्। प्रधानमन्त्रीलाई भोट नदिएको भनेर कारबाही गरेको हो भने २७ जनालाई नै कारबाही गरेर देखावस हैन भने कारबाहीको डण्डा देखाएर आफ्नो अपमान नगरे हुन्छ।



एमाले निर्णय सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिदै सांसद चौधरीले भनेकी छन् “हामी सत्य काे पक्षमा उभिएको छाै नागरिकतासँग पद साटेर देश सकाउने पक्षमा छैनाै र गर्न दिदैनाै” ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सांसद लक्ष्मी चौधरी सहित माधव कुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, कलिला खातुन, निरादेवी जैरु र कल्याणी खड्कालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया