भारतमा चक्रवातका कारण दुई जनाको ज्यान गएसँगै ८० घरमा क्षति, रेल तथा हवाइ सेवा बन्द

admin

काठमाडौं, १२ जेठ : यास चक्रवातका कारण भारतका केही राज्यमा त्यहाँका नागरिकको जनजीवन प्रभावित बनेको छ । पश्चिम बंगालमा २ जनाको ज्यान गएको छ भने ८० वटा घरमा क्षति पुगेको छ । चक्रवात उडिसाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

उडिसा प्रवेश गर्ने क्रममा रहेकै बेला भारतका विभिन्न राज्यहरुमा ठूलो वर्षा भइरहेको छ । पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख नागरिकलाई सुरक्षित ठाउँमा सारिएको छ ।

अझै ७ लाखलाई सार्ने काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस्तै, चक्रवातका कारण लोमो दूरीको रेल सेवा बन्द गरिएको छ भने कोलकता विमानस्थलबाट हुने हवाइ सेवा बुधबार दिनभरका लागि बन्द गरिएको छ ।

प्रतिक्रिया