सात सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १३ जेठ : बिहीबार सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकै दिन प्रतितोला ७०० रुपैयाँले वृद्धि हुँदै सुन अधिकतम ९४ हजार २०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार बिहीबार तेजाबी सुनको मूल्य समेत अधिकतम ९३ हजार ७०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य भने घटबढ भएको छैन । चाँदी बिहीबार पनि तोलाको १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया