एमाले सँग सम्पुर्ण जनताको सुनौलो भविष्य गाँसिएको छ : शान्ता चौधरी

admin

काठमाडौं, १८ जेेठ :  नेकपा एमालेकी नेत्री शान्ता चौधरीले एमाले सँग सम्पुर्ण जनताको सुनौलो भविष्य गाँसिएको बताएकी छन्। निवर्तमान सांसद समेत रहेकी शान्ता चौधरीले सरकारले गरेका दर्जनौं ऐतिहासिक कामप्रति हाम्रो सम्मान रहेको बताएकी छन्।

निवर्तमान एमाले सचेतक समेत रहेकी चौधरीले केहि कमजोरी भए सच्याउन सकिन्छ तर घर जलाएर बर्बाद पार्न नसकिने बताएकी छन्। चौधरीले पार्टीका नेतादेखि सम्पुर्ण कार्यकर्ता र शुभेच्छुक शुभचिन्तकहरु सचेत बनौं, संयम बनौं , अझै केहि बिग्रेको नबिग्रेको बताएकी छन्।

चौधरीले पार्टी बनाउँ, देश बनाउँ, असफल पार्ने खेल खेल्ने खेलाउने काम बन्द गरौं, अनि बहस गर्दा घट्नाक्रमलाई झन उत्तेजित बनाउने गरि प्रस्तुत नहौं भन्दै आग्रह गरेकी छन् ।

उनेल सामाजिक संजालमा लेखेकी छन्, “एमाले सँग सम्पुर्ण जनताको सुनौलो भविष्य गाँसिएको छ । सरकारले गरेका दर्जनौं ऐतिहासिक कामप्रति हाम्रो सम्मान छ । केहि कमजोरी भए सच्याउन सकिन्छ तर घर जलाएर बर्बाद पार्न सकिन्न । पार्टीका नेतादेखि सम्पुर्ण कार्यकर्ता र शुभेच्छुक शुभचिन्तकहरु सचेत बनौं, संयम बनौं , अझै केहि बिग्रेको छैन पार्टी बनाउँ, देश बनाउँ । असफल पार्ने खेल खेल्ने खेलाउने काम बन्द गरौं । अनि बहस गर्दा घट्नाक्रमलाई झन उत्तेजित बनाउने गरि प्रस्तुत नहौं ।”

प्रतिक्रिया