अब खाद्यान्न र विकास निर्माणका क्षेत्र खुकुलो बनाउने तयारीमा

admin

काठमाडौं, १८ जेठ : काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाउने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । मंगलबार या बुधबार बस्ने बैठकले यसबारे निर्णय गर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

पछिल्लोपटक थपिएको निषेधाज्ञा (पर्सि) बिहीबार २० गते सकिँदैछ । त्यसपछि निषेधाज्ञा थप्दा विकास निर्माण र खाद्यान्नको क्षेत्र खुकुलो बनाउने तयारी भएको हो । यसअघि गएको १४ गतेदेखि थपिएको निषेधाज्ञा कडा बनाइएको छ । खाद्यान्न पसलसमेत बन्द गरिएको छ ।

केही दिनयता काठमाडौंसहित सहरी क्षेत्रमा कोरोना संक्रमणको दर घट्दै गएको छ । कोरोना भाइरसको संक्रमण बढेपछि पछिल्लो पटक थप गरिएको निषेधाज्ञामा खाद्यान्न पसलसमेत बन्द गरिएको थियो । यस्तै, अत्यावश्यक काम नपरि हिँडनेलाई कारबाही गर्ने गरिएको छ ।

प्रतिक्रिया