प्रधानन्यायाधीश संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गर्न सहमत

admin

काठमाडौं, १८ जेठ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलाससम्बन्धी विवाद समाधान गरेर अघि बढ्ने सहमत जनाएका छन् । सर्वोच्च बार एसोसिएशनका पदाधिकारीसँग भएको छलफलमा उनले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न सहमति जनाएका हुन् ।

यो सहमतिसँगै प्रतिनिधि सभा विघटनबारेको सुनुवाइ गर्न गठन भएको संवैधानिक इजलास पुनर्गठन हुने भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिट निवेदकतर्फका वकिलहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबरा र सर्वोच्च बार एसोसिएशनका पदाधिकारीहरुबीच छलफल भएको थियो ।

छलफलमा संवैधानिक इजलाससम्बन्धी नियममै परिर्वतन गरेर वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न प्रधानन्यायाधीश सहमत भएको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । भेटपछि पत्रकारसँग कुरा गर्दै उनले मंगलबारको बेञ्च स्थगित हुन सक्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया