एमालेद्वारा पार्टी एकताका लागि अन्तिमसम्म पहल गर्ने निर्णय

admin

काठमाडौं, १८ जेठ : नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको पार्टी प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन् ।

यसअघि एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टी सदस्यबाट निष्कासन गर्ने निर्णय गरेको थियो भने अरू १२ जना नेतालाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण सोधिएका १२ जना नेताले जवाफ नदिएपछि उनीहरूमाथि थप कारबाही गर्ने तयारी भइरहँदा सोमबार बेलुकी दुवै पक्षका दोस्रो तहका नेताबीच एकताका लागि थप पहल गर्ने समझदारी बनेको थियो । सोही समझदारीअनुसार १२ जना नेतामाथिको कारबाही तत्काललाई रोकिएको छ ।

प्रतिक्रिया