नेपालमा कोरोनामुक्त हुने दर ८० प्रतिशत नाघ्यो, थप ६ हजार ८५ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १८ जेठ : नेपालमा कोरोना संक्रमण मुक्त हुने दर लगातार बढ्दै गएको छ । बितेको २४ घण्टामा ६ हजार आठ सय ९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले निको हुने दर ८० दशमलव २ प्रतिशत पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा २० हजार एक सय ६५ जनाको परीक्षण गर्दा ६ हजार ८५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १७ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार दुई सय ८५ जनामा र तीन हजार १८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा आठ सय जनामा संक्रमण पुष्टि भएको हो ।

अब नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या पाँच लाख ६६ हजार पाँच सय ८७ पुगेको छ । अहिले नेपालमा एक लाख चार हजार सात सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । मंगलबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका एक हजार पाँच सय ५८ जना रहेका छन् ।

बितेको २४ घण्टामा काठमाडौंमा एक हजार ६० जना, भक्तपुरमा दुई सय १५ जना र ललितपुरमा दुई सय ८३ गरी एक हजार पाँच सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण २४ घण्टामा ६८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात हजार चार सय ५४ पुगेको छ ।

प्रतिक्रिया