उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

admin

काठमाडौं, २८ जेठ : काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।

निषेधाज्ञा थप्नेबारे शुक्रबार अनौपचारिक छलफल भएको र (पर्सि) आइतबार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् । उनका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको छ ।

उनका अनुसार विकास निर्माणका कामलाई प्राथमिकता दिने र अहिले बिहान ९ बजेसम्म खुल्दै आएका खाद्यान्न र तरकारी पसललाई १० बजेसम्म खुलाउने तयारी छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा थपिएको निषेधाज्ञा आउँदो ३१ गते राति १२ बजेदेखि सकिने छ ।

प्रतिक्रिया