नवनियुक्त मुख्यमन्त्री नेपालीलाई पृथ्वीसुब्बा गुरुङले दिए बधाई

admin

काठमाडौं, २९ जेठ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिफोनमार्फत बधाई दिएका छन् ।

उनले आफू र नेकपा एमालेको तर्फबाट बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका हुन् ।

संसदमा विश्वासको मत गुमाउँदै गुरुङ मुख्यमन्त्रीबाट बिहीवार स्वतः पदमुक्त भएका थिए । पोखरेललाई संविधानको धारा १६८(५) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिवार नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया