आज पनि घट्यो शेयर बजार

admin

काठमाडौं, ३ असार : नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ वटा कम्पनीको सूची सार्वजनिक गरेसँगै शेयर बजारमा कारोबार ह्वात्तै घट्न थालेको छ । बिहीबार पनि शेयर बजार परिसूचक नेप्से घटेको छ । बुधबार ५२ अङ्कभन्दा धेरैले घटेको नेप्से परिसूचक बिहीबार पनि १ दशमलव २९ अङ्कले घटेर दुई हजार नौ सय ६८ दशमलव ४३ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

बिहीबार नेप्से परिसूचक मात्रै नभइ कारोबार रकम पनि घटेको छ । दश अर्ब ९० करोड रुपैयाँ बराबरका दुई करोड तीन लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ । बुधबार पन्ध्र अर्ब ४५ करोड रुपैयाँ बराबरको दुई करोड ८२ लाख कित्ता शेयर कारोबार भएको थियो । बिहीबार नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा धेरै ७७ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

यस्तै नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । बजार घटे पनि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव ४२ प्रतिशतले बढेको छ । सीएचडीसी कम्पनीको शेयर मूल्य भने साढे ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया