आजदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटबारे संवैधानिक इजलासमा सुनुवाइ सुरु

admin

काठमाडौं, ९ असार : बुधबारदेखि प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो ।

यसअघि गएको जेठ २६ गते बसेको संवैधानिक इजलासले बुधबारदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइका लागि निवेदक र विपक्षीले (भोलि) बिहीबारसम्म इजलासमा बहस नोट बुझाइसक्नुपर्नेछ । बहसका लागि दुवै पक्षलाई १५र१५ घण्टा समय छुट्याइएको छ ।

एमिकस क्युरीमा रहेका चार जनाले आधारआधा घण्टामा बहस सक्नुपर्नेछ । एमिकस क्युरीमा नेपाल बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राघवलाल वैद्य र उषा मल्ल पाठक तथा सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

प्रतिक्रिया