आज नेप्सेमा दोहोरो अङ्कले वृद्धि

admin

काठमाडौं, १३ असार : लगतार घट्दै आएको शेयर बजार (आज) आइतबार २७ अङ्कभन्दा धेरैले बढेको छ । आइतबार नेप्से २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ ।

हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले बढेको छ । विकास बैंक समूहको शेयर भने झन्डै ६० अङ्कले घटेको छ ।

आइतबार दुई सय २७ कम्पनीका दुई करोड नौ लाख ७४ हजार तीन सय ७७ कित्ता शेयर सात अर्ब १६ करोड ७४ लाख रुपैयाँमा कारोबार भएको छ । नेपाल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ ।

आइतबार सेन्चुरी कमर्सियल बैंक र माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतले बढेको छ । गुर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य झण्डै साढे चार प्रतिशतले घटेको छ ।

प्रतिक्रिया