आज पनि बढ्यो नेप्से परिसूचक

admin

काठमाडौं, १४ असार : सोमबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेप्से पाँच दशमलव ११ अङ्कले बढेर दुई हजार आठ सय ७५ दशमलव ४९ विन्दुमा पुगेको छ । (हिजो) आइतबार नेप्से २७ अङ्कभन्दा धेरैले बढेको थियो । सोमबार माइक्रोफाइनान्स समूहको शेयर सबैभन्दा धेरै एक सय ११ दशमलव चार अङ्कले बढेको छ ।

त्यस्तै होटल तथा पर्यटन समूहको शेयर २० दशमलव २७ अङ्कले र जीवन बीमा समूहको शेयर १४ अङ्कभन्दा धेरैले बढेको छ । विकास बैंक समूहको शेयर भने सबैभन्दा धेरै ७० दशमलव ५८ अङ्कले घटेको छ । सोमबार दुई सय १९ कम्पनीका एक करोड ९२ लाख ८२ हजार आठ सय १५ कित्ता शेयर सात अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी सोमबार माथिल्लो तामाकोशी हाइड्रो पावरको ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैको लघुवित्त वित्तीय संस्था र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतभन्दा धेरैले बढेको छ । सोमबार बेस्ट फाइनान्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै पाँच दशमलव ४८ अङ्कले घटेको छ ।

प्रतिक्रिया