आज झण्डै ५० अङ्कले घट्यो नेप्से

admin

काठमाडौं, १५ असार : शेयर बजार परिसूचक नेप्से मंगलबार झण्डै ५० अङ्कले घटेको छ । माइक्रो-फाइनान्सबाहेक सबै समूहको शेयर घटेपछि नेप्से ४७ दशमलव ४९ अङ्कले घटेर दुई हजार आठ सय २८ विन्दुमा झरेको हो । बैंकिङ समूहको शेयर साढे २६ अङ्कले, विकास बैंक समूहको एक सय ६७ अङ्कले, व्यापारको साढे ४७ र जलविद्युत् समूहको शेयर ७६ अङ्कले घटेको छ ।

यस्तै फाइनान्स समूहको शेयर झण्डै ८८ अङ्कले, जीवन बीमा समूहको एक सय ६६, निर्जीवन बीमाको दुई सय ५१ अङ्कले, उत्पादन समूहको ३५ अङ्कले, अन्यको ५१ र लगानी समूहको शेयर एक सय आठ अङ्कले घटेको छ । मंगलबार दुई सय २३ कम्पनीका एक करोड ४० लाख कित्ता शेयर ६ अर्ब ७२ करोड रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै राधी विद्युत् कम्पनीको शेयर ४९ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स र एचआईडीसीएलको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि ओरियन्टल होटलको शेयर झण्डै ६ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया