एमालेद्वारा भोलि बस्ने बैठकका लागि माधव नेपाल र झलनाथ खनाललाई निम्तो

admin

काठमाडौं, १७ असार : नेकपा एमालेले शुक्रबार बस्ने केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ । सबै केन्द्रीय सदस्यलाई इमेलमार्फत बैठकको निम्तो पठाइएको र नेपाल, खनालसहित केही वरिष्ठ नेतालाई इमेल, म्यासेज र फोनमार्फत निम्तो गरिएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।

दशौँ महाधिवेशन आयोजक कमिटी भङ्ग गरेर (हिजो) बुधबार २०७५ सालको जेठ २ गतेकै कमिटी बिउँताउने निर्णय गरेको एमालेले आठ जना स्थायी कमिटी सदस्य पनि थपेको छ । तर माधव नेपाल-झलनाथ खनाल पक्षले आफूहरूलाई अलमलाउन ओलीले जेठ २ मा फर्केजस्तो नाटक गरेको र ठ्याक्कै पुरानो कमिटी बिउँताउन आलटाल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया