बाढीले घर बगाउँदा दुईजनाको मृत्यु

admin

म्याग्दी, २३ असार : म्याग्दीको मंगला गाउँपालिका ५ छिसवाङमा बाढीले घर बगाउँदा आज विहान दुई जनाको मृ त्यु भएको छ। मंगलबार राती परेको अविरल वर्षा सँगै घर छेवैको खहरेखोलामा ठूलो बाढी आएको थियो।

बाढीले थमबहादुर बुढाको घर बगाउँदा त्यहाँ पसल गरि बस्ने मालिका गाउँपालिका–६ रातोढुङ्गाका खगेन्द्र रोकाका छोरा बजिन र बुहारी बिनालाई बे पत्ता बनाएको थियो। घ टनास्थलमा रहेका मालिका गाउँपालिका–६ का वडा अध्यक्ष सन्तोष सुबेदीले बाढीले बगाएर बेपत्ता बनाएका दुबैको श व फेला परेको बताए।

इलाका प्र हरी कार्यालय दरबाङबाट खटिएका प्र हरी, मंगला र मालिका गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयबासीहरु बे पत्ताको खोजीका साथै जोखिममा रहेका घरको ब्यवस्थापनमा परिचालन भएका छन्।

खहरेखोलाको बाढी पसेर मंगला गाउँपालिकाको छिसवाङ खरहेका अन्य घरहरुमा पनि क्ष ति पुगेको छ। इलाका प्र हरी कार्यालय दरबाङका प्र हरी निरिक्षक सन्तोष पौडेलले घ टनास्थल पुगेर क्ष तिको बिबरण संकलन, बेपत्ताको खोजी र जोखिमका घरधुरी ब्यवस्थापनमा जुटेको बताए।

प्रतिक्रिया