बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृत्यु, २९ बेपत्ता

admin

काठमाडौं, २४ असार : अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी ५१ जनाको मृ त्यु भएको छ। यो संख्या गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्मको हो। प्र हरीका अनुसार मृत्यु हुनेमा २६ जना पुरुष, १५ जना महिला, ५ जना बालक र ५ जना बालिका रहेका छन्।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा, तनहुँ, दाङ, पाल्पा, दार्चुला र गोरखामा ३/३ जना, चितवन, प्युठान, धादिङ, म्याग्दी र रौतहटमा २/२ जना, ललितपुर, मकवानपुर, सर्लाही, खोटाङ, सप्तरी, काभ्रे, सिन्धुली, जुम्ला, अर्घाखाँची, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टाभित्र मृ त्यु भएकामध्ये दार्चुलामा तीन जना, पाल्पामा दुई जना तथा तनहुँ र दाङमा १/१ जना गरी जम्मा ७ जना रहेका छन्। उक्त अवधिमा ७१ जना घा इते भएका छन्। तीमध्ये ३६ जना पुरुष, १९ जना महिला, ११ जना बालक र ५ जना बालिका रहेका छन्।

उनीहरुमध्ये तनहुँमा १० जना, पाल्पामा ७ जना, धादिङमा ६ जना, सिन्धुपाल्चोक र रोल्पामा ५/५ जना, धनुषा र सर्लाहीमा ४/४ जना, खोटाङ, कास्की, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला, चितवन, दाङ, दार्चुला र गोरखामा २/२ जना, पाँचथर, संखुवासभा, रौतहट, स्याङ्जा, हुम्ला, अछाम, बाजुरा र सल्यानमा १/१ जना रहेका छन्।

घा इतेहरूलाई स्थानीय अस्पतालमा उपचार गरिएको प्रह रीले जनाएको छ। यस अवधिमा २९ जना बे पत्ता भएका छन्। तीमध्ये १९ जना पुरुष, ६ जना महिला, ३ जना बालक र १ जना बालिका रहेका छन्। सिन्धुपाल्चोकमा २० जना, चितवनमा ३ जना, पर्वत र तनहुँमा २ जना तथा बाजुरा र बाग्लुङमा १ जना रहेका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको प्र हरीले जनाएको छ। बाढीपहिरोमा परेका एक हजार दुई सय ६८ जनाको विभिन्न ठाउँबाट उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये मनाङमा ६ सय ५६ जना, चितवनमा ४ सय २ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, दोलखामा ३५ जना, नवलपरासी (पूर्व) १८ जना, लमजुङ र सल्यानबाट ८/८ जना, जाजरकोटमा ७ जना, गोरखा र दाङमा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन्।

बाढीपहिरोको कारण अवरोध भएका विभिन्न स्थानका सडक प्रहरी समेतको पहलमा सुचारु गराइएको छ। साथै वर्षाको कारण चितवन, बाजुरा, प्युठान, म्याग्दी र सिन्धुली लगायतका स्थानहरुमा बिहीबार पहिरो गई अवरोध भएका सडक पहिरो हटाइ सुचारू गराउने कार्य जारी छ।

बाढीको कारण १ हजार ५ सय १६ वटा घर डुबानमा परेका छन्। ५ सय ६४ वटा घर, ९९ वटा गोठ, ४२ वटा पुल, ३ वटा विद्यालय र १३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ भने ८ सय ५९ वटा पशु चौपायाको मृ त्यु भएको छ। साे अवधिमा भएका ५ सय ३९ वटा विपद्का घटनाबाट १ हजार १ सय ५८ वटा घर परिवारका ५ हजार ४ सय २३ जना मानिस विस्थापित भएका छन्।

प्रतिक्रिया