सरकारी गाडीभित्र अश्लील क्रियाकलाप, तीन जना पक्राउ

admin

काठमाडौं, २५ असार : महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति प’क्राउ परेका छन् । प’क्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् ।

प्र’हरी स्रोतका अनुसार बुधबार राति ११ बजे भक्तपुरको सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको गाडीबाट उनीहरु ‘रंगेहात’ प’क्राउ परेका थिए । प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई प’क्राउ गरिएको स्रोतले बतायो ।

गस्ती गएको प्र’हरीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषहरुलाई देखेका थिए । गाडी चालक मन्त्रालयकै कर्मचारी भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया