थप एक हजार ८ सय ३१ जनामा संक्रमण पुष्टि, २० जनाको ज्यान गयो

admin

काठमाडौं, २७ असार : आइतबार देशभर एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ३७ जना र तीन हजार ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ९४ गरी एक हजार आठ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

आइतबार संक्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । यसैगरी बितेको २४ घण्टामा एक हजार पाँच सय ३३ जना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या ६ लाख १९ हजार आठ ९४ जना पुगेको छ ।

यस्तै कोरोना संक्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या नौ हजार तीन सय ८२ पुगेको छ । अहिले नेपालमा २६ हजार एक सय ७३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया