गोकुल बाँस्कोटाले माधव नेपाल र देउवालाई दिए बधाई !

admin

काठमाडौं, असार २९ : नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेता माधवकुमार नेपाल र नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता बाँस्कोटाले निर्दलीय लोकतान्त्रिक व्यवस्थाको प्रधानमन्त्री बनाएकोमा बधाई दिएका हुन्


बाँस्कोटाले लेखेका छन्, ‘संविधान संशोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाइदिनु भएकोमा माधव नेपाललाई र परमादेश धारा अनुसार प्रम बन्न सफल हनुभएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई !’

प्रतिक्रिया