आज सुनको मूल्य बढ्दा चाँदी घट्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ साउन : मंगलबार पनि सुनको मूल्य बढेको छ । सोमबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार फेरि चार सय रुपैयाँले बढेको हो । सुन मंगलबार तोलामा ९३ हजार २ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मंगलबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ४०० रुपैयाँले नै बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदीको मूल्य भने मंगलबार घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी मंगलबार १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया