आज शेयर बजार नौं अङ्कले घट्यो

admin

काठमाडौं, ५ साउन : मंगलबार शेयर बजार कारोबार मापक नेप्से परिसूचक घटेको छ । केही दिन लगातार बढिरहेको शेयर बजार नेप्से मंगलबार नौं अङ्कले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ विन्दुमा झरेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, अन्य र लगानी समूहको शेयर घटेको छ ।

व्यापार, होटल, जलविद्युत्, उत्पादन र म्युचल फन्ड समूहको शेयर भने बढेको छ । म्युचल फन्ड समूहको शेयरमा मंगलबार कारोबार सुरु भएदेखि नै लगानीकर्ताको आकर्षण रहेको थियो । दुई सय १९ कम्पनीका तीन करोड १६ लाख आठ हजार कित्ता शेयर सात अर्ब ८९ करोड ७५ लाख रुपैयाँमा किनबेच भएका छन् ।

सबैभन्दा धेरै अरुण काबेली जलविद्युत् कम्पनीको ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबार नेपाल इन्स्योरेन्स कम्पनीको शेयर सबैभन्दा धेरै झण्डै पाँच प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि लक्ष्मी उन्नति फन्ड र लक्ष्मी इक्विटी फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया